रोनाल्डोले गोलले युभेन्टसको जित

काठमाडौं । असोज–०५, सिरि ए च्याम्पियन युभेन्टसले नयाँ सिजनको खेलमा जित हात पारेको छ । आईतबार टुरिनमा भएको खेलमा युभेन्टसले साम्पोडियालाई ३–० ले पराजित गरेको हो । खेल सकिन दुई मिनेट बाँकी छदाँ रोनाल्डोले गोल गर्दै युभेन्टसलाई जित दिलाए ।
स्विडेन विङ्गर डेजन कुलुसेवस्कीको गोलमा युभेन्टसले खेलमा सुरुवाती अग्रता बनाएको थियो । खेलको ७८ औं मिनेटमा लियोनार्दो बोनुचीले युभेन्टसको अग्रता दोब्बर बनाए ।