सुनको मूल्यमा बृद्धि

सहयात्रा टिभी

काठमाडौं । असोज–०५, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार बजारमा सुनको मूल्य प्रतितोला २०० ले बढेको छ । महासंघका अनुसार छापावाला सुन सोमवार ९७ हजार २०० पुगेको छ ।

आइतवार छापावाला सुन प्रतितोला ९७ हजारमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्यमासमेत प्रतितोला २०० ले वृद्धि भएको छ । आइतवार प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको तेजाबी सुन सोमवार ९६ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले बढेरएक हजार ३२० मा कारोबार भएको छ । आइतवार चाँदी प्रतितोला एक हजार ३१५ कारोबार भएको थियो ।

प्रकाशित : 21 September, 2020

प्रतिक्रिया दिनुहोस्