इन्टरनेट बिस्तार गर्दै डिसहोम

सहयात्रा टिभी

काठमाडौं । असोज–०५, विगत १० वर्षदेखि डीटीएच टेलिभिजनमार्फत् देशैभर सेवा दिँदै आएको डिस मिडिया नेटवर्क लिमिटेड (डिस होम)ले अब इन्टरनेट सेवा प्रदायकको रुपमा पनि आफ्नो उपस्थिति जनाएको छ ।


स्याटेलाइटबाट सोझै घरघरमा डाइरेक्ट टु होम (डिटिएच) प्रविधिबाट सानो छाताको माध्यमबाट विना रोकावट डिजिटल टेलिभिजनको अनुभव गराउन लागि परेको डिस होमले यी वर्षहरुमा ग्राहकहरुबाट पाएको सन्तुष्टिको प्रतिक्रियाबाट हौसला लिँदै भरपर्दो इन्टरनेट सेवा दिने उद्देश्यले यो क्षेत्रमा हात हालेको डिस फाइबरनेटका महाप्रबन्धक रमेश सापकोटाको भनाइ छ। विभिन्न आईएसपीहरुबाट चाहेजस्तो सेवा नपाएर दिक्क भएका ग्राहकहरुलाई बोली र व्यवहार एउटै हुनेगरी इन्टरनेट सेवा प्रदान गर्ने हिसाबले डिस होमले यो क्षेत्रमा हात हालेर काम थालेको हो।

प्रकाशित : 21 September, 2020

प्रतिक्रिया दिनुहोस्