चिनियाँ नाकामा सामान बस्दा सरकारले किन कानमा तेल हालेकोः भट्टराई

सहयात्रा टिभी

काठमाडौं । असोज–०६, जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि सरकारले वास्ता नगरेको बताएका छन् । चीनबाट आयात हुन लागेका २० अर्ब बढी मूल्यका सामान ६ महिना बढी समयदेखि कन्टेनर अलपत्र पर्दा चाडपर्वको मुखमा व्यवसायीलाई असुविधा र नोक्सान भएको भन्दै सामाजिक सञ्जालमार्फत् उनले यसो भनेका हुन् ।

‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो रु’ उनले लेखेका छन् ।

प्रकाशित : 22 September, 2020

प्रतिक्रिया दिनुहोस्