साझा यातायात भोलिबाट लामो दुरीका रुटमा पनि संचालन
सहयात्रा टिभी
काठमाडौं । असोज–०६, कोरोना भाइरसको संक्रमण फैलिएका कारण ठप्प रहेको साझा यातायातले भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्ने भएको छ । यसअघि साझा यातायातका छोटो रुटहरुका बसहरु संचानलनमा छन् ।
सरकारले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै यातायात सेवा संचालन गर्न अनुमति दिएसँगै भोलिबाट साझाले पनि काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङका रुटका २ वटा र बुटवल–भैरहवा–सुनौलीका २ बसहरु संचालनमा ल्याइने साझा यातायातले जनाएको छ । यात्रूहरुको भाडा भने सरकारले तोकेको जस्तै सामान्य अवस्थामा लाग्ने दरको दोब्बर हुने बताइएको छ । सबै बसहरु भोलि बिहान ७ बजे काठमाडौंबाट छुट्ने बताइएको छ ।