नेकपा सचिवालयको बैठक सम्पन्‍न

सहयात्रा टिभी

काठमाडौं । असोज–०६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक सम्पन्‍न भएको छ । बैठकपछि प्रतिक्रिया दिँदै आजको बैठकमा संवैधानिक नियुक्ती र पार्टी एकीकरणका बाँकी कामबारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


पार्टी एकता र एकीकरणका बाँकी कामहरूको बारेमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलले १० दिनभित्र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिने निर्णय भएको छ । श्रेष्ठका अनुसार छलफलमा क्रममा रहेका अन्य विषयमा भने दुई तीन दिनभित्र अर्को बैठक बसी टुंगो लगाउने निर्णय भएको छ।

प्रकाशित : 22 September, 2020

प्रतिक्रिया दिनुहोस्