किशोर भण्डारीको ‘अड्डा’ डिशहोममा प्रसारण

सहयात्रा टिभी

काठमाडौं । असोज–०६, कलाकार तथा आफ्नै लेखन निर्देशनमा टेलिसिरियल निर्माण गर्दै आएका किशोर भण्डारी ‘डिट्ठा साब’को ‘अड्डा’ डिशहोममा प्रसारण हुने भएको छ। हास्यश्रृंखला ‘अड्डा’ मंगलबार आजबाट प्रसारमा आउने भएको छ । डिसहोमको कमेडी प्लस च्यानल नम्बर १०७ बाट श्रृंखला प्रसारमा आउन लागेको निर्देशक भण्डारीले जानकारी दिए ।

डिशहोमले कमेडी प्लस च्यानल नम्बर १०७ मा मंगलबार राति ९ बजे सो टेलिसिरियल प्रसारण गर्ने जनाएको छ । किशोरको अलवा, रेश्मा तिमल्सिना ‘बुनुमैँचा’, कृष्णभक्त महर्जन, राम प्र.श्रेष्ठ, लीला केसी, पुष्प अवस्थी, समीर मिया सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामा, लिला केसी, पुष्प अवस्थी, लक्ष्मीनाथ तिमल्सिना, बिक्रमजङ शाह, अजय अधिकारी, सुशिल फुयाल, कुशल खनाल, सुमा लामिछाने , कृष्ण भण्डारीलगायतको श्रृंखलामा अभिनय देख्न सकिन्छ । भने प्रवेश पोखरेलको छायाँकन, दुर्लभ श्रेष्ठको सम्पादन रहेको श्रृंखलाको निर्देशन सहयोगी रेश्मा तिमल्सिना हुन् ।

प्रकाशित : 22 September, 2020

प्रतिक्रिया दिनुहोस्