चीनको दावीः हुम्लाको नाम्खामा आफ्नै भूमिमा भवन बनाएको
सहयात्रा टिभी
काठमाडौं । असोज–०७, हुम्लाको सीमा क्षेत्रमा नेपाललाई जानकारी नै नदिई भवन बनाएको भनेपछि काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति विज्ञप्ति जारी गरि आफ्नै भूमिमा बनाएको दाबी गरेको छ। चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्दै चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको जनाएका हुन् ।
प्रवक्ता वाङले भने, ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ ‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ।,’ चीन र नेपाल नजिकको छिमेकी रहेको छ । हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने समाचार प्रकाशन भएको थियो ।