सुनको मूल्यमा आज पनि गिरावट

सहयात्रा टिभी

काठमाडौं । असोज–०७, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । मंगलबार १७ सयले घटेको सुन आज १२ सयले घटेको छ ।

आज छापावाल सुन तोलामा ९४ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य भने आज प्रतितोला ४० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोलामा १,१९० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रकाशित : 23 September, 2020

प्रतिक्रिया दिनुहोस्