बाँदरझैँ रुखमा चढ्ने गर्छन् बाख्रा

सहयात्रा टिभी

एजेन्सी । असोज–०७, हामिलाई थाहाँ छ, बाख्रा जमिनमा मात्र दौडन र हिड्न सक्छ । तर के तपाइले बाख्रा रुखमा चढेको सुन्नुभएको छ । हुनत हामिले रुखमा बाँदर, लोखर्के, चितुवा चढेको देखेका र सुनेका छौं । तर कहिले बाख्रा रुखमा चढेको देखेको त के सुनेका पनि छैन । तर यस्तो बाख्रा पनि हुन्छ, जुन रुखमा चढ्न सक्छ । रुखमा चढ्ने यो अनौठो बाख्राको जाति अफ्रिकी देश मोरक्कोमा पाइने गर्छ ।

यी बिशेष जातिका बाख्राले रुखमा चढेर नै फलहरु खाने गर्छन् । भोक लागेमा बाख्राहरु रुखमा चढेर भोक मेटाउने गर्छन् । तपाईलाई थाहाँ छ यो बाख्राको मल अर्थात बड्कौँला निकै महँगो हुन्छ । यो जातिका बाख्रा पाल्ने किसानले मल बेचेरै करोडौँ कमाउने गर्छन् । अल्जेरियाका केही क्षेत्रमा पाइने आर्गन नामको वनस्पती यी बाख्राले धेरै नै मन पराउने गर्छन् । यस वनस्पती बाख्राले खान्छन् तर बिज पचाउन सक्दैनन् । किसानले बाख्राको मलबाट पचाउन नसकेको उक्त बिज छुट्टाउने गर्छन् । यस बिजबाट तेल पनि निकाल्ने गरिन्छ । यसको तेल कस्मेटिक उद्योगमा महँगोमा बिक्रि हुने गर्छ ।

प्रकाशित : 23 September, 2020

प्रतिक्रिया दिनुहोस्