देशभर हल्का देखि मध्यम वर्षा
सहयात्रा टिभी
काठमाडौं । असोज–०८, बिहीबार (आज) देशभर सामान्य देखि पूर्ण बदली रही देशका विभिन्न स्थानमा हल्का देखि मध्यम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भु–भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दैछ।
आज दिउँसोपछि देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरैजसो स्थानहरूमा पानी पर्ने सम्भावना हरेको छ भने आज राति पनि देशभर सामान्य देखि पुर्णतया बदली देशभर सामान्य देखि पूर्ण बदलीरही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।