स्थानीयको कुरामा विश्वास गर्दा गल्ती भयोः जिल्ला अधिकारी दत्तराज हमाल
सहयात्रा टिभी
काठमाण्डौं । असोज–०९, नेपाली भूभाग चीनले अतिक्रमण गरेको भन्ने विषमा गलत अभिव्यक्ति दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले गृहमन्त्रालयलाई स्पष्टीकरण दिएका छन् । उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा बताएका छन् ।
जथाभावी नबोल्न र प्रतिवेदन तयार गरी पेश गर्न मन्त्रालयको आदेशअनुसार गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख गरेका छन् । गत असोज ३ गते नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लाप्चा क्षेत्रमा नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको कुरा बाहिर आएपछि अनुगमनका लागि टोली त्यसतर्फ लागेको थियो।