आरटीपीसीआरको रिपोर्ट सम्बन्धित व्यक्तिलाई नै दिनुपर्ने
सहयात्रा टिभी
काठमाडौं । असोज–११, सरकारले पीसीआर ल्याबहरुलाई कोभिड–१९ संक्रमणको पहिचानका लागि गरिने आरटीपीसीआरको रिपोर्ट सम्बन्धित व्यक्तिलाई नै दिन निर्देशन दिएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पोजिटिभ रिपोर्ट आएको खण्डमा पनि रिपोर्टको जानकारी दिन सूचित गरेका छन्।
यसअघि नेगेटिभ भएमात्रै सम्बन्धित व्यक्तिलाई दिने गरिएकोमा अब भने पोजेटिभ रिपोर्टसमेत दिन मन्त्रालयले निर्देशन दिएको छ। पहिला सबैलाई आइसोलेसनमा राख्ने गरिएकाले पोजेटिभको रिपोर्ट रोग नियन्त्रण महाशाखामा दिने गरिएकोमा अहिले भने होम आइसोलेसनमा बस्ने पनि व्यवस्था भएकाले दिनु नपर्ने गौतमको भनाई छ।