आज विश्व रेबिज विरुद्धको दिवस

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१२, आज विश्व रेबिज विरुद्धको दिवस रेबिज अन्त्यको लागि सहकार्य र खोप भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ । रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ ।


रेबिज उन्मूलन गर्न खोप र जनचेतना नै महत्वपूर्ण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन पनि महाशाखाले अनुरोध गरेको छ । रेबिज विरुद्धको खोप निःशुल्क पाइन्छ । रेबिज सङ्क्रमित जनावरले टोक्दा र्‍यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिन्छ ।

प्रकाशित : 28 September, 2020

प्रतिक्रिया दिनुहोस्