केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्य मापण्दड पूरा नगर्ने ९ वटा कम्पनीको स्यानिटाइजर बिक्री वितरणमा रोक

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१२, औषधि व्यवस्था विभागले स्वास्थ्य मापण्दड पूरा नगर्ने ९ वटा कम्पनीको स्यानिटाइजर बिक्री वितरणमा रोक लगाएको छ। मानव स्वास्थमा गम्भीर असर पार्ने भएकाले ती कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग नगर्न विभागले अनुरोध समेत गरेको छ। विभागले उत्पादत तथा बिक्रीमा रोक लगाएका ९ मध्ये ८ वटा उद्योग नेपाली हुन भने एउटा उद्योग भारतको रहेको छ ।

ष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा विषाक्त रसायन मिसाइएको र मापदण्डविपरीत पाइएको हर्बलट्री ह्याण्ड रब (भारत), कूम ह्याण्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर (जेल), इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइर ओरिजिनल, साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेँलो) र ड्रोन ह्याण्ड स्यानिटाइजरलाई बिक्री वितरणमा रोक लगाएको हो ।

प्रकाशित : 28 September, 2020

प्रतिक्रिया दिनुहोस्