ओली प्रचण्डबीच सहमती नहुँदा मन्त्रीमण्डल हेरफेरमा ढिलाइ
सहयात्रा टिभी
काठमाण्डौं । असोज–१४, नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीचमा सहमति हुन नसक्दा मन्त्रीमण्डल हेरफेरमा ढिलाइ भएको छ । नेकपाको सचिवालय बैठकले मन्त्रीमण्डल हेरफेर गर्ने औपचारिक सहमति गरेको भएपनि क– कसलाई मन्त्री बनाउने भन्नेमा सहमति नजुट्दा मन्त्रीपरिषदका सदस्य हेरफेरमा ढिलाइ भएको हो ।
आन्तरिक विवाद समाधान गर्ने बुँदामध्ये मन्त्रिपरिषद् पुनर्गठन गर्ने समझदारी बनेको थियो । सोही समझदारी कार्यान्वयन गर्न मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य गरे पनि भागबण्डामा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन । यस विषयमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा बारम्बार छलफल भए पनि सहमति भने भएको छैन ।