आइपिएलमा दिल्लीलाई हराउँदै हैदराबादको विजयीको सुरुवात

काठमाण्डौं । असोज–१४, यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादले जीत हात पारेको छ । प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा उसले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो ।
हैदराबादे दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । पहिलो जीत हात पारेसँगै ३ खेलबाट २ अंक बटुलेको हैदराबाद अंकतालिकाको छैटौं स्थानमा उक्लन सफल भएको छ भने पहिलो हार व्यहोरेको दिल्ली ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।