मुसालाई स्वर्ण पदक

एजेन्सी । असोज–१४, जीव जन्तुको वीरताको गाथा हामी कमै मात्र सुन्छौँ । यस्तै एक घटना मुसाले स्वर्ण पदक प्राप्त गरेको छ । कम्बोडियामा मुसालाई नायक घोषित गरी स्वर्ण पदक दिइएको छ । मुसाले गरेको महान योगदानको कदरस्वरुप स्वर्ण पदक दिइएको हो ।
वास्वतमा मुसाले मानिसहरुको ज्यान जोगाइदियो । मागावा मुसाले बारुदीसुरुङ पत्ता लगायो । बिष्फोट नभएका त्यस्ता बारुदी सुरुङले धेरैको ज्यान जाने गरेको छ । मुसाले सात वर्षमा ३९ वटा बारुदी सुरुङ पत्ता लगाइसकेको छ । जसबाट १ लाख ४१ हजार वर्गमिटर क्षेत्र बारुदी सुरुङ मुक्त भएको छ ।