के भाको के भाको
सहयात्रा टिभी
काठमाडौं । असोज–१४, गायक नारायण आचार्य र समीक्षा अधिकारीको नयाँ गीत ‘के भाको के भाको’ सार्वजनिक भएको छ। बादल घिमिरेको शब्द र संगीत रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो।
म्युजिक भिडियोमा बादल घिमिरेसँगै समीक्षा अधिकारी, मेघा पोख्रेल, सुविक्षा घिमिरे वर्षा आचार्य, सर्मिला अधिकारी लगायतले अभिनय गरेका छन्। मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको छ। छायांकन अजय रेग्मी र सम्पादन नविन निरौलाले गरेका छन्।