केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढि

सहयात्रा टिभी

एजेन्सी । असोज–१४, कोरोना भाइरसबाट तेस्रो उच्च संक्रमित मुलुक बनेको भारतमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या ९७ हजार ५२९ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९७ हजार ५२९ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।


पछिल्लो २४ घण्टामा त्यहाँ ८० हजार वढी कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६२ लाख २३ हजार नाघेको छ । यस्तै भारतमा ५१ लाख ८४ हजार बढी निको भएका छन् । यस्तै कुल संक्रमित संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ७८ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसको तथ्यांकमा उल्लेख छ । ५१ लाख ८४ हजार ६३४ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ४१ हजार ३५६ जना छन्। आठ हजार ९४४ जना गम्भीर छन्।

प्रकाशित : 30 September, 2020

प्रतिक्रिया दिनुहोस्