बलिउड अभिनेता अमिताभ बच्चनले अंग दान गरे
सहयात्रा टिभी
एजेन्सी । असोज–१४, बलिउड अभिनेता अमिताभ बच्चनले अंग दान गरेका छन् । अमिताभले बुधवार ट्वीटरमार्फत आफूले अंगदाता बन्ने सपथ लिएको उल्लेख गरेका छन्।
अमिताभले लेखेका छन्, ‘मैले एक शपथ लिइसकेको छु कि म अर्गान डोनर हो। यो हरियो रिबन यसको पवित्रताका लागि पहिरिएको हुँ।’ उनले अंग दान गरेको जानकारी दिएसँगै धेरै प्रशंसा गरेका छन्। उनका फलोअर्सले खुशी जनाएका छन्।