केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मुल्यमा गिरावट

सहयात्रा टिभी

काठमाडौं । असोज–१५, बिहीबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा रु. २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला रु. ९४ हजार ५०० तोकेको छ ।
हिजो सुनको मुल्य प्रतितोला रु. ९४ हजार ७०० रुपैयाँ थियो ।


यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला रु. ९४ हजार तोकिएको छ । यस्तै, चाँदीको मुल्य १५ रुपैयाँले घटेर ११७५ मा सिमित भएको छ । हिजो चाँदीको मुल्य ११९० रुपैयाँ थियो ।

प्रकाशित : 1 October, 2020

प्रतिक्रिया दिनुहोस्