केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिनावारी गडबड हुनुका केही कारण

सहयात्रा टिभी

काठमाडौं । असोज–१५, अधिकांश महिलाहरुमा महिनावारी गडबडीको समस्या हुने गरेको छ । हर्मोनमा हुने गडबडी र अधिक तनावले महिनावारीमा समस्या निम्त्याउन सक्छ। यद्यपि, महिलाहरुको खानपान तथा अन्य दिनचर्याले पनि नियमित महिनावारीलाई नकारात्मक प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् । सामान्यतया महिनादिनमा दोहोरिने मासिक चक्रमा कहिलेकाहीँ गडबडी हुन सक्छ । महिनावारी गडबड हुनुका केही कारण यी हुन्ः


हर्मोनमा असन्तुलन
शरीरमा हुने इन्ड्रोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्छ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ ।
पोषणको अभाव
शरीरमा न्युट्रिसन पर्याप्त मात्रामा भयो भने मासिक चक्र नियमित हुन्छ । न्युट्रिसनको अभावका कारण महिनावारी गडबड हुने गर्छ ।
अति अथवा कम वजन
शरीरको बोसोमा पाइने कोषिकाले महिलामा एस्ट्रोजेन नामक तत्व सिर्जना गरिदिन्छ, जसले महिनावारीलाई नियमित गर्छ । असाध्यै मोटाउँदा अथवा दुब्लाउँदा यस्तो तत्वको मात्रा शरीरमा घटबढ भई महिनावारी नियमित नहुन सक्छ ।
तनाव
बढी तनाव भयो भने महिलाको शरीरमा कोर्टिसोल र आड्रेनालिनजस्ता हर्मोन उत्सर्जन हुन्छन्, जसले निर्धारित अवधिमा प्रजनन हर्मोनलाई रिलिज हुन दिँदैन र महिनावारी गडबड हुन सक्छ ।
महिलाको शरीरमा थाइराइड हर्मोन कम भयो भने महिनावारी रोकिन पनि सक्छ ।
पाठेघरमा समस्या
४० वर्षअघि महिनावारी रोकिएका कतिपय महिलाको पाठेघर काम नलाग्ने भएको पाइने गरेको छ । समयअगावै पाठेघर काम नलाग्ने भयो भने पनि महिनावारी रोकिने गर्छ ।

प्रकाशित : 1 October, 2020

प्रतिक्रिया दिनुहोस्