केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जिरालाई पानीसँग मिसाएर पिएमा धेरै फाइदा

सहयात्रा टिभी

काठमाडौं । असोज–१५, जिरा हाम्रो भान्सामा सजिलै पाइने मसला हो । हेर्दा सामान्य लाग्ने जिराको सेवनले धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ । हामिले तरकारीमा स्वादको लागि मात्र जिराको प्रयोग गर्छौ । तर यसबाट धेरै फाइदा लिन सकिन्छ ।

जिरामा एन्टीअक्सिडेन्ट्स, आइरन, कपर, पोटासियम र म्याग्नेसिय हुन्छ । जसले शाम्रो शरिरमा हुने बिभिन्न समस्याबाट बचाउँछ । जिरामा ‘हिलिङ’ गुण अर्थात निको पार्ने गुण हुने गर्छ । हामिले जिरालाई पानीसँग मिसाएर पिएमा धेरै फाइदा लिन सकिन्छ ।

जिरा पानीले पाचन प्रक्रिया राम्रो बनाउँछ । त्यस्तै शरिरको तौल घटाउँन पनि जिराको पानीले सहयोग गर्छ । यदि तपाईलाई पेट फुल्ने र एसिडिटीको समस्या छ भने पनि जिराको पानीको सेवन गरेका ठिक हुन्छ ।

टाउको दुख्ने समस्या छ भने पनि यसको सेवनले ठिक गर्छ । शरिरमा हुने रगतको कमीलाई पनि कम गर्न यसले सहयोग गर्छ । यसले रगत प्रवाहलाई ठिक गर्छ । दैनिक ए‍क चम्चा जिरा पानीसंग पिएमा भोक पनि हराउछ ।

प्रकाशित : 1 October, 2020

प्रतिक्रिया दिनुहोस्