जाले रुमाल गीतको भिडियो सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं । असोज–१५, मेलिना राई र वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘जाले रुमाल’ गीतको भिडियो सार्वजनिक भएको छ। भिम विष्टको शब्द तथा संगीत रहेको यस भिडियोमा पल शाह, रियाशा दाहाल, आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय तथा नृत्य रहेको छ ।
भिडियोमा गर विष्टको निर्देशन तथा कोरियोग्राफी छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन्।