एफएनसीसीआइको ५४ औं वार्षिक साधारणसभा मंसिर ११ र १२ मा
सहयात्रा टिभी
काठमाडौं । असोज–१७, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइको) ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । कोरोनाको कारणले सरेको निर्वाचन मंसिरमा हुने भएको हो ।
एफएनसीसीआइकोे कार्यकारिणी समितिको बैठकले महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो । यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । कोरोनाको कारणले ३ पटकसम्म मिति तोकेर पनि हुन निर्वाचन हुन सकेको थिएन ।