केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

एजेन्सी । असोज–१६, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार ट्वीटरमार्फत उनले आफूहरूलाई कोरोना पोजेटिभ आएको जानकारी दिएका छन् ।


यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो । चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

प्रकाशित : 2 October, 2020

प्रतिक्रिया दिनुहोस्