केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज पनि सुनको मूल्यमा गिरावट

सहयात्रा टिभी

काठमाडौं । असोज–१६, आज (शुक्रबार) पनि सुनको भाउ घटेको छ । विहिबार तोलाको ९४ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सय रुपैयाँले घटेर ९४ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । महासंघले जनाए अनुसार चाँदीको भाउ आज स्थिर छ । आज चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रकाशित : 2 October, 2020

प्रतिक्रिया दिनुहोस्