केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यी रोगका लागि अमृतसमान छ असुरो

सहयात्रा टिभी

काठमाडौं । असोज–१६, विभिन्न जडीबुटीमध्ये सर्वसुलभ रूपमा पाइने जडीबुटी हो असुरो। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ । एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेत वारी एवं काल्लाहरूमा पनि प्रशस्तै पाइन्छ । गाँठागाँठा परेको डाँठ र भालाकार वा अण्डाकारको हरियो पात हुने यो वृक्षको फूल सेतो सिंहको मुखजस्तो देखिन्छ । यसको पात, जरा र फूलमा पाइने पदार्थले श्वासप्रश्वास प्रणालीका समस्यालाई सुधार गर्छ ।

असुरोले श्वासमार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्छ । असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखुजसरी खाने वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ । असुरोलाई आउँमासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ। त्यस्तै, धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो, कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ । पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। असुरो प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ ।

प्रकाशित : 2 October, 2020

प्रतिक्रिया दिनुहोस्