केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपत्यकामा हालसम्मकै सर्वाधिक १ हजार ६३८ जना कोरोना संक्रमित

सहयात्रा टिभी

काठमाडौं । असोज–१६, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक १ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेअनुसार ६२७ महिला र १०११ पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।


त्यसैगरी भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्‍टि भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा ललितपुर र भक्तपुरका दुईदुईजना तथा काठमाडौंका एकजना संक्रमितको मृत्यु भएको छ । उपत्यकाका ५ सहित देशभर ११ जनाको ज्यान गएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा कुल २७२२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

प्रकाशित : 2 October, 2020

प्रतिक्रिया दिनुहोस्