आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं । असोज–१९,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। पारिवारिक जमघटमा मन रमाउनेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
साथसाथै धन बाहिरिनाले चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो काम प्रारम्भ हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। कीर्तिमानी काम सम्पादन हुनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती पनि देखिनेछन्। अरूको स्वार्थमा उपयोग भइने हुँदा व्यवहारमा सजग रहनुहोला।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ।अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ होला। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तजन टाढिनाले एक्लोपनाको अनुभूति हुनेछ। काम बिग्रने चिन्ताले सताउन सक्छ।थै विभिन्न अवसर प्राप्त हुन थाल्नेछन्।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनेछन्। विशेष अवसरले ठूलै काममा हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
वादविवादमा अघि नसर्नुहोला, सम्पादित कामबाट राम्रै लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ।मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ।

प्रकाशित : 5 October, 2020

प्रतिक्रिया दिनुहोस्