आजदेखि पुनः श्रम स्वीकृति सेवा सुरु

सहयात्रा टिभी

काठमाडौं । असोज–१९, वैदेशिक रोजगार कार्यालय ताहाचलबाट आजदेखि पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ । कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृतिलगायत कार्यालयको काम गएको बुधबारदेखि रोकिएको आजदेखि पुनः श्रम स्वीकृति सेवा सुरु भएको हो ।

कार्यालयमा संक्रमित कर्मचारीको कार्यकक्षलगायत कार्यालय परिसरमा निर्मलीकरण गर्ने काम गरिएको कार्यालयले जनाएको छ । सेवाग्राहीहरुका बीच सामाजिक दूरी कडाइका साथ कायम गरेर मात्र सेवा सञ्‍चालन गर्नुपर्ने कारण पुनः श्रम स्वीकृतिका लागि ई–टोकनको संख्यासमेत सीमित गरिएको कार्यालयले जनाएको छ । तत्काल रोजगारीमा जानु नपर्ने सेवाग्राही कामदारहरुले अबको करिब दुई सातासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिनसमेत कार्यालयले अनुरोध गरेको छ । जसबाट सामाजिक दूरी कायम गर्नुका साथै तत्काल वैदेशिक रोजगारीमा जानुपर्ने कामदारलाई प्राथमिकता दिई सेवा दिन सहयोग पुग्‍ने अपेक्षा कार्यालयले गरेको छ । कामदारहरुले सम्बन्धित गन्तव्य मुलुकहरुले कोभिड १९ को जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न लागु गरेका नियम र प्रबन्धहरुबारे जानकारी लिन र सोहीअनुसार आवश्यक कागजातको तयारी पूरा गरेर मात्र अनलाइन आवेदन दिन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित : 5 October, 2020

प्रतिक्रिया दिनुहोस्