केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मसलाको रुमपा प्रयोग अदुवाका गुणहरु

सहयात्रा टिभी

काठमाडौं । असोज–१९, विशेषगरी मसलाको रुमपा अदुवा प्रयोग गर्दा त्यसबाट रोग प्रतिरोधी क्षमताको विकास हुन्छ । यद्यपी अदुवा कोरोना भाइरसबाट बच्ने उपाय वा औषधीभ भने होइन । चिकित्सकहरुका अनुसार मानवको स्वास्थ्य ठिक राख्न अदुवाको प्रयोग गर्न सकिने भएपनि यो कोरोना विरुद्धको औषधी भने पक्कै होइन ।

अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि रहेको चिकित्सकहरुको भनाइ छ । अदुवामा जिंगेरोल नामक लाभकारी तत्व रहेको छ । जुन वैज्ञानिकहरुका अनुसार शक्तिशाली औषधीय गुण भएको तत्व हो । अदुवाको नियमति सेवनले विभिन्न खाले फाइदा दिने अध्ययनबाट पनि प्रष्ट भएको छ ।
अदुवाले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्छ । त्यसमा विशेष गरी क्रोमियम, म्याग्नेसियम तथा जिंक जस्ता तत्व पाइन्छ । ती तत्वले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँन सहयोग पुर्याउँछ ।
अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ । अदुवाको नियमित सेवनले रगतमा सुगरको मात्रा नियन्त्रण गरिदिन्छ । साथै यसले रगतमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्दछ । जसका कारण मुटुरोगको जोखिम पनि कम हुन्छ ।
विभिन्न सर्जरी तथा क्यान्सरको केमोथेरापी गरेका विरामीमा आउने वाकवाकी तथा वान्ता रोक्न पनि अदुवा सहयोगी भएको तथ्य स्पष्ट भइसकेको छ ।
चिसो तथा रुघाखोकीले सताउँछ भने अदुवा नियमित रुपमा सेवन गर्नाले थप फाइदा पुग्छ । कोरोनाको लक्षण पनि यही भएकाले त्यसबाट लाभ प्राप्त गर्न सकिन्छ । त्यस्तै छाती तथा करंग दुख्ने समस्यामा पनि अदुवाको सेवन फाइदाजनक हुने गरेको छ ।
थकान तथा कमजोरी महसुस हुने समस्या भएकाहरुका लागि पनि अदुवाको सेवनले राहत प्रदान गर्ने गरेको छ ।
बाथरोगी तथा जोर्नी दुख्ने समस्या भएकाहरुका लागि समेत अदुवाको सेवन लाभदायी हुन्छ । अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।

प्रकाशित : 5 October, 2020

प्रतिक्रिया दिनुहोस्