केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पछिल्लो २४ घण्टामा २४ सय ४० मा कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौं । असोज–१९, पछिल्लो २४ घण्टामा २४ सय ४० मा कोरोना संक्रमण थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ जनामा गरिएको पीसीआर परीक्षणमा २४ सय ४० मा कोरोना संक्रमण देखिएको बताएका हुन् ।


यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको छ । सक्रिय संक्रमितमध्ये ११ हजार १९१ संस्थागत आइसोलेसनमा रहेका छन् भने १२ हजार ३१६ होम आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र १५ सय ३१ रहेका छन् । काठमाडौँ जिल्लामा ११ सय ७८, भक्तपुरमा १ सय ३ र ललितपुरमा २ सय ५० जना नयाँ संक्रमित फेला परेका हुन् । डा. गौतमले पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ११ सय ३३ रहेको बताए । हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या नेपालमा ६५ हजार २०२ रहेको छ ।

प्रकाशित : 5 October, 2020

प्रतिक्रिया दिनुहोस्