२८ वर्षीया महिलाले एकैपटक ५ शिशुलाई जन्म दिइन्

सहयात्रा टिभी

काठमाडौं । असोज–१९, एक २८ वर्षीया महिलाले ५ वटा शिशुलाई जन्म दिएकी छन् । सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले थापाथलीस्थित परोपकार प्रसूति गृहमा ५ वटा शिशुलाई जन्म दिएकी हुन् । ५ मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको थियो। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको जानाकारी दिए। डा. सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको थियो। शल्यक्रियामा संलग्न चिकित्सक डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई आइसियुमा राखिएको छ। उनीहरू सबैको स्वास्थ्य सामान्य रहेको छ।

४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ। अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ। जिवित चारै जना छोरी रहेको र मृत्यु भएका एक शिशु छोरा रहेको बताइएको छ। प्रसूति गृहमा नियमित गर्भ जाँच गराइरहेकी तामाङको तीन हप्ताअघि भिडियो एक्सरे गर्दा एक बच्चाको गर्भमै मृत्यु भएको थाहा भएको थियो। एकै महिलाले एकै पटकमा ५ बच्चा जन्माएको दुर्लभ केस मानिनेसमेत उनले बताए। उनले भने, ‘नेपालमा चार जनासम्म जन्माइएको धेरै रेकर्ड छ, तर यसरी एकै पटक ५ बच्चा जन्माएको दुर्लभ नै हो।’

प्रकाशित : 5 October, 2020

प्रतिक्रिया दिनुहोस्