तुरून्त वार्ता गर, समाधान खोज ! डा.केसी बाँच्नुपर्छ: डा बाबुराम भट्टराई
सहयात्रा टिभी
काठमाडौं । असोज–२०, २३ दिनदेखी अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गईरहेको सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ट नेता डा.बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत डा. केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘२३ दिनदेखि अनसनरत डा. केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ? यो ‘criminal negligence’ हैन ? तुरून्त वार्ता गर, समाधान खोज ! डा.केसी बाँच्नुपर्छ,मूर्खदेखि दैव डरा भनिन्छ ! कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ ! सबै चेतौं ।’