प्रदेश तह खारेज गरौँः अध्यक्ष कमल थापा

सहयात्रा टिभी

काठमाडौं । असोज–२०, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयता आवश्यक छैन भन्ने कुरा पाँच वर्षे अनुभवबाट प्रमाणित भइसकेको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले प्रदेश ५ सभामा मंगलबार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहको ध्वंसात्मक कार्य निन्दनीय भएको बताएका हुन्।

प्रदेश ५ प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ’,। मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘यो घटनाको कारणले मात्र होइन, संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गरौँ।’

प्रकाशित : 6 October, 2020

प्रतिक्रिया दिनुहोस्