दिल्लीले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई हराउँदै शीर्ष स्थानमा

सहयात्रा टिभी

एजेन्सी । असोज–२०, यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सोमबार भएको खेलमा दिल्लीले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा रहेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले जितका लागि दिएको १९७ रनको लक्ष्य पछएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३७ रन बनायो । यसअघि टस हारेर पहिलो ब्याटिङ गरको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै बैंगलोरलाई १९७ रनको लक्ष्य दिएको थियो । आजको खेलमा जित निकाल्दै दिल्लीले पाँच खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई उभ्याएको छ । पराजित बैंगलोर पाँच खेलबाट ६ अंकसँगै तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित : 6 October, 2020

प्रतिक्रिया दिनुहोस्