पेटमा ७ किलो कपाल

एजेन्सी । असोज–२०, भारत झारखण्ड राज्यकी एक १७ वर्षीय बालीकाको पेटबाट डाक्टरहरूले शल्यक्रिया मार्फत ७ किलो कपालको पोको निकालेका छन् । स्वीटी कुमारी नामक उक्त बालीकाले पेटमा दुख्ने गुनासो गरे पश्चात् अस्पताल भर्ना गरिएको थियो । जहाँ अस्पतालका डाक्टरहरूले कुमारीको पेटबाट सात किलो कपालको बल भेट्टाएका छन् । ६ घण्टाको निरन्तर शल्यक्रियापछि डाक्टरहरुको टोलीले कपालको गुजुल्टो निकाल्न सफल भएका थिए ।
भारतीय सञ्चार माध्यमका अनुसार उक्त बालीकालाई सानै देखी कपाल खाने सोख थियो । धेरै वर्षदेखि कपाल खाएको कारण उक्त बालीकाको पेटमा कपाल जम्मा हुन पुगेको थियो। उनका परिवारका अनुसार तीन वर्ष अघि कुमारीलाई पेटमा ट्युमर भएको शङ्का समेत गरिएको थियो । कपाल खानु एउटा यस्तो स्थिति हो जसलाई रपन्जल सिन्ड्रोम भनिन्छ । यहाँ व्यक्तिले कपाल खान्छ र यो बानी चाहेर पनि रोक्न सकिँदैन । खाएको कपाल बायोडिग्रेडेबल हुँदैन । खाएको कपाल पेटमा पुगेपछि जम्मा भएर बस्दछ । ब्रिटिस मेडिकल जर्नलका अनुसार २०१८ सम्ममा लगभग ९० यस्ता घटनाहरू देखा परेका छन् । पेटमा सञ्चित हुनाले डिहाईड्रेसन, कुपोषण, बान्ता, पेटमा दुखाइ र आन्द्रा अवरोध सहित धेरै समस्याहरू निम्त्याउन सक्छ।