केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रातो मासु मुटु रोगीका लागि घातक

सहयात्रा टिभी

एजेन्सी । असोज–२१, अस्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अस्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो ।

प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्त्वहरुको वृद्धि गर्ने गरेको अध्ययनले देखाएको बताइएको छ । त्यस्ता तत्त्वहरुले मुटुसँगै नशासम्बन्धी र सुगर रोगसम्बन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ । अध्ययन टोलीका अनुसन्धानकर्ता डा। पेर्माल डेओले भने, ‘रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरुलाई हानी पुर्याउने देखिएको छ ।’

प्रकाशित : 7 October, 2020

प्रतिक्रिया दिनुहोस्