केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बहुपयोगी ज्वानो पानी यी स्वास्थ्य समस्याका लागि ‘रामवाण’

सहयात्रा टिभी

काठमाडौं । असोज–२१, प्राय हरेकको घरको भान्सामा हुने ज्वानो एक प्रकारको यस्तो बहुपयोगी वनस्पति हो, जसलाई विभिन्न खाने परिकारमा मसलाको रुपमा हालेर खानाको स्वाद बढाउन र स्वस्थकर बनाउन समेत प्रयोग गरिन्छ। ज्वानोमा थुप्रै जडिबुटी औषधीय गुणयुक्त रहेको छ, जसले मानिसमा हुने स–साना शारीरिक समस्या देखि लिएर जटिल रोगबाट पनि जोगाउँदछ। यसको प्रयोग रोगअनुसार फरक पर्दछ। जस्तै यसको सुप बनाएर पिउने, धुलो बनाएर मिश्रण गरेर पनि खाने वा खानामा मसला लगायत बिभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ। ज्वानोको फाइदा यस प्रकार रहेको छन् ।


१. अनावश्यक तौलको नियन्त्रण स् १ चम्चा ज्वानोलाई राति १ गिलास पानीमा भिजाएर छोड्ने र विहान उठ्न साथ त्यस पानीलाई छानेर उचित मात्रामा मह मिसाएर खायो भने यसले शरीरको मेटाबोलिजमलाई सुधार गर्दै शरीरको फ्याट समेत घटाउँदछ। यसैगरि यस पानीले अनावश्यक लागेको पेट विस्तारै गट्ने गर्छ

२. पाचन प्रणालीको सुधारस् यदि कुनैपनि किसिमको पाचन गडबडी छ भने ज्वानोलाई फुक्कै चपाएर खाँदा वा पानीसँग मिलाएर पिउँदा कब्जियत लगायत एसिडीटी समेतलाई ठिक गर्छ।

३. महिनावारीको अनियमिततामा सुधार स् प्रायः महिलाहरुमा देखिने समस्या हो, महिनावारीको अनियमिततामा । त्यसैले दैनिकरुपमा भिजाएर राखेको ज्वानो पानी पिउँदा यसले महिनावारिलाई समयमै गराई महिनावारीका क्रममा हुने पेट दुख्ने समस्या, ऐंठन हुने समस्या र पिठ्यूँ दुख्ने समस्याबाट राहत दिन्छ।

४. हड्डी तथा जोर्नी दुख्ने समस्या स्दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले हड्डी दुख्ने तथा जोर्नी दुख्ने समस्याबाट राहत दिन्छ भने ज्वानोलाई बिरे नुन वा कालो नुनसँग खाँदा यसले पेटको किटाणुसमेत मर्ने गर्दछ।

५. पिसाबको संक्रमण स् दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले पिसाबको संक्रमणलाईसमेत ठिक गर्छ भने यसले शरीरमा रगतको प्रवाह राम्रोसँग हुनेगर्दछ।

६. स्तनपानको लागि फाइदाजनक स्महिलाहरु गर्भवती भएका बेला पनि ज्वानोले रामवाणको काम गर्दछ। कोही सुत्केरी महिलाको स्तनबाट दुधको उत्पादन राम्रोसँग भएको छैन भने दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले गर्भवती महिलाहरुको दुध उत्पादनलाई बढाउने गर्दछ।

७. कोलेस्ट्रोलको नियन्त्रण स् गर्भवती भएका महिलाहरुमा धेरै समस्याहरु देखिन्छन्, जस्तै सुगरको समस्या, उच्च रक्तचाप र अनियन्त्रित कोलेस्ट्रोल। त्यसैगरी, यस्तो अवस्थामा दैनिक रुपमा भिजाएर राखेको ज्वानोपानीले यस्ता सबै समस्या निर्मुल हुनुका साथै यसले डेलीभरीमा हुने दुखाइलाई समेत कम गर्दछ।

८. शरीरमा सुगर लेबलको नियन्त्रण स् नियमितरुपमा भिजाएर राखेको ज्वानोपानीले शरीरको सुगर लेबललाई नियन्त्रणमा राखी सुगर रोग हुने खतराबाट बचाउँदछ।

९. कलेजोलाई फाइदाजनक स्नियमितरुपमा भिजाएर राखेको ज्वानोपानीले कलेजो वा लिभरको समस्यालाई पनि निर्मुल गर्दछ। त्यसैगरी, ३ ग्राम ज्वानोलाई आधा ग्राम नुनको साथ खानासँग खाँदासमेत कलेजोलाई फाइदाजनक हुने गर्दछ।

१०. रुघा खोकी स्ज्वानोको सेवनले चिसोजन्य समस्यालाई पनि निर्मुल पार्छ । ज्वानोको रसलाई बिरे नुनसंग मिलाई पिउँदा लाभदायक हुन्छ। त्यसपछि तातोपानी पिउँदा घाँटीका संक्रमणहरु पनि ठिक हुने गर्दछ।

११. सामान्य ज्वरो स् दैनिकरुपा भिजाएर राखेको ज्वानोपानीको रसले सामान्य रुघा खोकी तथा ज्वोरो निर्मुल हुनेगर्दछ। त्यसैगरी, ज्वानोलाई पिसेर बनाएको धुलोलाई कपडामा बेरेर सुङ्दा पिनास समेत ठिक हुने गर्दछ।

१२. टाउको दुख्ने समस्या स् यदि कसैलाई टाउको दुख्ने समस्या छ भने ज्वानोलाई पानीमा उमालेर मनतातो बनाएर पिउँदा यस्ता समस्या विस्तारै हराएर जान्छन्।

१३. सुन्निएको र दुखेकोमास् सुन्निएको र दुखेको ठाउँमा ज्वानो चुर्ण, हल्दी चुर्ण (बेसार), अदुवा, लसुन तथा मेथीको चुर्ण तेलमा तताएर लेप गर्नाले ठीक हुन्छ।

प्रकाशित : 7 October, 2020

प्रतिक्रिया दिनुहोस्