आजको राशिफल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज–२२,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारका सदस्य हरुसँग वि’वाद बढ्ने योग रहेकोछ भने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुने हुँदा मन खि’न्न हुनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउन सकिनेछ । लामो दुरिको विदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बढे पनि मन खुसी रहनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो क’सिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यावसायमा थोरै लगानी गर्दा पनि मनग्गे आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुँदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सुचारु हुनेछन् ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने वि’वादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
अदा’लती तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पति पत्नी विच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ ।