केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अदुवा नखानुस् यी रोग भएकाहरुले

सहयात्रा टिभी

काठमाडौं । असोज–२१, अदुवा हाम्रो भान्सामा दैनिक प्रयोग हुने परिकारलाई स्वादिलो बनाउन प्रयोग गरिने चिज हो। अदुवाले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । अदुवाले विभिन्न रोगहरुबाट बचाउन सहयोग गर्छ तर कुनै बेला यो फाइदाजनक पनि हुँदैन ।

यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग गरिने भएता पनि यस्ता समस्या भएकाले भने यसको सेवन गर्नुहुँदैन । अदुवा मधुमेहका बिरामीले सेवन गर्नुहुँदैन । अदुवा धेरै सेवन गर्दा रगतमा सुगरको मात्रा बढ्ने गर्छ । त्यस्तै महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवाको सेवन गर्नुहुँदैन ।

क्तचापका बिरामीले पनि अदुवाको सेवन र्गाु फाइदाजनक मानिदैन । तपाईलाई पेटको कुनै समस्या छ भने पनि भुलेर पनि अदुवा सेवन नगर्नुहोस् यसले शरीरमा एसिडको मात्रा बढाउछ । यदी मोटो हुने रहर छ भने पनि यसको सेवन नर्गनु नै राम्रो हुन्छ ।

तपाईले कुनैको औषधि सेवन गरिरहनु भएको छ भने पनि अदुवा सेवन नगर्नुहोस् किनकी यसले झन समस्या ल्याउछ । त्यस्तै रगतसम्बन्धी कुनै समस्या भए पनि यसको सेवन गर्नुहुँदैन ।

प्रकाशित : 7 October, 2020

प्रतिक्रिया दिनुहोस्