ओली र प्रचण्डबीच बालुवाटारमा छलफल
सहयात्रा टिभी
काठमाडौं । असोज–२२, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री फेरबदलबारे बालुवाटारमा छलफल भएको छ। बालुवाटारमा दुवै अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक निकायमा नियुक्तिबारे छलफल भइरहेको जनाउको छ।
प्रधानमन्त्री ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । त्यस्तै पार्टी एकताका बाँकी कामका विषयमा पनि छलफल भइरहेको जनाएको छ । दुवै अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएका छन्। तर, कसलाई विदा दिने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन। जसले गर्दा दुई सातादेखि मन्त्रिपरिषद् पुनर्गठनको विषय टुंगो लाग्न सकेको छैन।