केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपत्यकामा हालसम्मकै धेरै २५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौं । असोज–२२, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै २५ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना गरी जम्मा २,५४० जना संक्रमित थपिएका छन् ।


बिहीबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि बढ्दै गएका छन् ।

प्रकाशित : 8 October, 2020

प्रतिक्रिया दिनुहोस्