केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्ता छन् कागती सेवनका फाइदा

सहयात्रा टिभी

काठमाडौं । असोज–२२, कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएकोले पनि कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । कागती सबै मौसममा पाइने अत्यधिक फाइदा दिने फल हो । यसले खानाको स्वाद मात्र बढाउँदैन यसमा औषधिय तथा सौन्दर्य बर्धक गुण समेत रहने गर्दछ । कागती स्वास्थ्यकोलागि अत्यन्त लाभदायक मानिन्छ । विशेष गरेर पेट सम्बन्धी समस्याका लागि कागतीको उपयोग अत्यन्तै फाइदाकारी हुन्छ ।

यस्ता छन् कागती सेवनका फाइदा:
१. पाचन प्रक्रिया राम्रो बनाउँछ  । कागती पानी पिउँदा आन्द्रामा देखिने विकारलाई सफा गरी पाचन प्रणालीलाई मजबुद बनाउँछ ।

२ं कागतीको सेवनले मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ ।

३. उच्च रक्तचापका रोगिको रक्तवाहिनिमा कागतीले  शक्ति प्रदान गर्दछ ।

४. एक कागतीको रसमा तीन चम्चा सक्खर, दुई चम्चा पानी घोलेर कपालको जरामा लगाएर एक घण्टा पश्चात सफा गर्नाले कपालमा रहेको चायाँ जान्छ । कपाल झर्नपनि रोकिन्छ । शैम्पु गरेपछी थोरै पानीमा कागतीको रस मिलाएर कपालमा लगाउँनाले कपाल चमकदार र मुलायम बन्दछ ।

५. शरीरको मोटापन हटाउँन विहान हल्का तातो पानीमा कागतीको रस हालेर नियमित सेवन गर्नाले मोटापन कम हुन्छ ।

६ मलेरिया तथा हैजा जस्तो विरामीको लागि कागतीको पानी अत्यन्त फाइदाजनक हुन्छ । कागतीमा पिंधेको मरिचको धुलो हालेर पानी पिएमा फाइदा गर्दछ । कागतीमा पिंधेको मरिच छर्केर केही तताएर चुसेमा फाइदा गर्दछ । यस्ले मलेरियाको जरोमा समेत फाइदा गर्दछ ।

७. आधा कप गाजरको रसमा कागतीको रस मिलाएर पिउँनाले शरीरमा रगतको कमी रहन दिदैन ।

८ं मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान र बेलुका कुल्ला गर्नाले घाँटी बसेको ठीक हुन्छ ।

९. आधा चम्चा कागतीको रसमा दुई चम्चा मह मिलाएर चाट्नाले रुघाखोकीमा फाइदा पुग्दछ ।

१०. कलेजो र मिर्गौलालाई स्वस्थ्य राख्छ । कागती पानी पिउँदा कलेजोलाई सफा गर्छ । कलेजोका इन्जाइमहरु कमजोर भएका ऊर्जा प्रदान गर्दै रगतको उत्तेजक पदार्थलाई फिल्टर गर्ने काम गर्छ ।

प्रकाशित : 8 October, 2020

प्रतिक्रिया दिनुहोस्