जारको पानीमा किरा भेटियो

काठमाडौं । असोज–२४, काठमाडौँको कागेश्वरी मनोहर नगरपालिका, मुलपानी ८ स्थित सिध्दीलक्ष्मी अक्वा पानी उद्योगबाट उतपादित पानीमा किरा फेला परेको छ। उक्त उद्योगको १९ लिटर जारको पानीमा किरा फेला परेको राष्ट्रिय उपभोक्ता मञ्चले जानकारी दिएको हो।
मञ्चका अनुसार पानीमा किरा फेला पर्नुका साथै उक्त उद्योगले ५० रुपैयाँ पर्ने पानीको जारलाई ६० रुपैयाँमा बिक्रि वितरण गरेको पनि पाइएको छ। उक्त उद्योगलाई कारबाही गर्न उपभोक्ता मञ्चले माग गरेको छ। २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँभन्दा बढि लिन नपाइने गरी व्यवसायी, उपभोक्ता र वाणिज्य विभागबिच साउन २४ गते सहमति भएको थियो।