आजको राशिफल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज–२५,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आºनो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिवाद एवं चिन्ता बढ्नेछ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हल्लाको भर पर्दा दुख पाइनेछ र गरेका काममा ढिलासुस्ती हाेला । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । लाभदायक यात्रा रहला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अतिथिका रूपमा सम्मान पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मुल्याङन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।