कोरोना संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने

सहयात्रा टिभी

काठमाडौं । असोज–२६, कोरोना संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने भएका छन् । लोकसेवा आयोगले आफ्नो तयारीसँगै कोरोना संक्रमित परीक्षामा सहभागी हुन नपाउने गरी मापदण्ड तयार गरेको गरेको हो । सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएको परीक्षा सञ्चालनका लागि आग्रह गरेपछि आयोगले परीक्षा लिने तथा नयाँ विज्ञापन खोल्ने तयारी गरेको छ ।

आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै आयोगले कोरोना संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो। परीक्षामा सहभागी परीक्षार्थी तथा परीक्षामा खटिने जनशक्तिले अनिवार्य रूपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ । यस्तै विद्यार्थी स्वयंले आफूलाई संक्रमण भए नभएको घोषणा गर्नुपर्ने लगायतका नियमहरु बनाइएका छन् । आयोगले एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी राख्ने भएको छ भने एक बेन्चमा एक जना मात्रै बस्ने गरी एउटा हलमा २५ जना परीक्षार्थी राखिने भएको छ ।

प्रकाशित : 12 October, 2020

प्रतिक्रिया दिनुहोस्