आईपीएलमा मुम्बई दिल्लीलाई उछिन्दै शीर्षस्थानमा

एजेन्सी । असोज–२६, इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सले आइतबार जित हात पारेका छ । मुम्बईले दिल्ली क्यापिटल्स र राजस्थानले सनराइजर्स हैदराबादलाई समान ५ विकेटले पराजित गरे ।
७ खेलमा पाँचौं जित हात पारेपछि मुम्बई दिल्लीलाई उछिन्दै शीर्षस्थानमा उक्लेको छ । दिल्लीको पनि ७ खेलमा १० अंक नै छ तर, टोली रनरेटमा मुम्बईभन्दा पछाडि परेको छ । दिल्लीको यसअघिको एकमात्र हार थियो । हैदराबाद र राजस्थान समान ६ अंकका साथ क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।